अभियान लघुवित्तको आइपिओ निष्काशन
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आज (बुधबार)देखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला भएको छ । कम्पनीका अनुसार कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपिओ जारी गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यको दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ५५ अर्थात् ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र ०.५५ अर्थात १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले उल्लेख गरेको छ । उक्त आइपिओमा सर्वसाधारणले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
आइपिओमा आवेदन दिन लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत दिनसक्नेछन् । आइपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया