NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

संग्रौलालाई मिश्रको जवाफ : अरूको पैसामा जाँड खान्छौँ, गाली बमन गर्छौं

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र र लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाबीच आज युद्ध चलिरहेको छ ।

मिश्रले मंगलबार नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेलाई जवाफ दिँदै कांग्रेस राजतन्त्रवादीबाट गणतन्त्रवादी, माओवादी संसद्विरोधीबाट संसद्वादी र एमाले अध्यक्ष ओली बयलगाडावादीबाट संघीयतावादी भएजस्तै आफूले पनि यी तीन ३ ’आदर्श गुरू’को पदचाप पछ्याउँदै राजसंस्थाको वकालत गरेको बताएका थिए ।
मिश्रको यही जवाफमा संग्रौलाले कमेन्ट गर्दै ‘मुला’सम्म भन्दै गाली गरेका छन् ।

मिश्रले दिए पाण्डेलाई जवाफ : गुरू मान्दा उल्टो भयो

‘कोही आफ्नो निष्ठाबाट गिर्दा कसैलाई यो मैजस्तो भयो भन्ने सान्त्वनाकारी आनन्दको अनुभूति ! हैट्, मान्छे मुलाका दुःख !,’ उनले ट्विटरमा यस्तो कमेन्ट गरेका छन् ।

यसैको जवाफ फर्काउँदै मिश्रले संग्रौलाका निष्ठाबारेका थप बुँदा भन्दै उनले अरू पैसामा जाँड खाएर गाली बमन गर्ने गरेको आरोप लगाएका छन् ।

‘मेरो निष्ठाबारे थप बुँदा : अरूको पैसामा जाँड खान्छु, गाली बमन गर्छु, । साहित्य ठीकै, बौद्धिकरूपमा खोक्रो छु । पुस्तक लेख्छु, सकभर लेखकश्वमा कर तिर्दिन । तुच्छ भाषा सिकाउँछु । आफ्ना सन्तान विदेशमा छन्, अरूकालाई ’नझुक्नु बरू मर्नु’ भनेर उक्साउँछु । समाज रूपान्तरणका लागि धेरै गरेको छु,’ उनले ट्विटरमा लेखेका छन् ।