NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ८ गते

पिलुवादेखि गढीमाईसम्म ३३ केभिको अण्डरग्राउण्ड विद्युत प्रसारण लाईन जडान हुने

काठमाडौं । निजगढ, पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवादेखि गढीमाई मन्दिर जाने सडकसम्म ३३ केभि क्षमताको अण्डरग्राउण्ड विद्युत प्रसारण लाईन निर्माण हुने भएको छ ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएपछि पर्सा र बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले झण्डै ३ दशकभन्दा लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान हुने भएको छ ।

समय–समयमा विद्युत अवरुद्ध हुने, ट्रीपीङ्ग हुने, भोल्टेज कम हुने, अघोषित रुपमा लोडसेडिंग हुने जस्ता समस्याहरुबाट सास्ती खेपीरहेका उद्योगीहरुले अब राहत पाउने भएका हुन् । नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले मागेको अनुमति बुधवार मन्त्री यादवले स्विकृत गरेका थिए ।

मन्त्री प्रदीप यादवले वन मन्त्रालयबाट अनुमति नपाएर रोकिएका सबै निर्माणका कामहरु तिव्र गतिमा अघि बढ्ने प्रतिबद्धता गरेअनुरुप विद्युत प्रसारण लाईन जडानको काम अघि बढ्ने भएको छ । यस क्षेत्रका उद्योगी व्यवसायीले लामो समयदेखि उक्त समस्या समाधान गर्न आग्रह गर्दै आएका भएपनि कुनैपनि सरकारले उनीहरुको समस्या समाधान गर्न अग्रसरता देखाएका थिएनन् ।

मन्त्री यादवका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पेश भएका सम्पुर्ण शर्तहरुको पालना हुने गरी प्रसारण लाईन जडान हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष