NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

क्यानाडामा मंकीपक्सका ८९० संक्रमित

काठमाडाैं ।  क्यानाडामा पनि मंकीपक्स संक्रमितहरू भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा त्यहाँ कम्तीमा ८९० जना मङ्कीपक्सका संक्रमित पाइएका जनाइएको छ ।

त्यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मंकीपक्सको संक्रमण बढेको पाइएको थियो ।

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको संक्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो संख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।

पछिल्ला केही महिनामा यो मङ्कीपक्सको संक्रमणका विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्य संकटका रुपमा पनि घोषणा गरेको छ ।