नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष बर्खास्त
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले बर्खास्त गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको हो ।
यसअघि पनि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उनलाई उक्त पदबाट निलम्बन गरेका थिए । निलम्बनमा परेपछि सर्वोच्च अदालतमा रिट दायर गरी ‘स्टे अर्डर’ लिएर उनी पुनः फर्किए ।
सर्वोच्चले सो पद बाट तत्कालका लागि निलम्बन नगर्नू भनेका अधिकारीलाई आजको क्याबिनेट बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।
उनलाई २०७८ कात्तिक ८ गतेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । निगमकै पूर्व कर्मचारीसमेत रहेका अधिकारीले उमेरहदका कारण अवकाश पाएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया