NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एमाले एक्लै अघि बढ्छ, चुनावमा लड्छ : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा सहमति जुटेपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन मिति घोषणा गरेको हो । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन निष्पक्ष र भयरहित हुनेमा संदेह व्यक्त गरेको छ । यसै विषयमा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपालवाचलाई संक्षिप्त प्रतिक्रिया दिएका छन् :

सरकारले आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेको छ, प्रतिपक्षी दल एमालेले यसलाई कसरी लिएको छ ?

सरकारले निर्वाचन मिति घोषणा गर्न अलि ढिलो गर्यो । निर्वाचन आयोगले चुनावको तयारीका लागि १२० दिन अघि नै चुनाव घोषणा गर्नुपर्छ भनेर सुझाव दिएको थियो । तर सरकारले दुई हप्ता ढिलो गर्यो । तरपनि संविधानको व्यवस्था अनुसार निर्वाचन घोषणा भएकोमा हामीले स्वभाविक मानेका छौं । अब सरकारले निर्वाचनलाई प्रभावित हुनेगरी कुनै पनि गतिविधि गर्नुहुँदैन । केही समयमा आयोगले आचारसंहिता पनि जारी गर्ला तर आचारसंहिता जारी गरेपनि नगरेपनि सरकारको एकमात्र काम निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु हो । निर्वाचनलाई प्रभावित गर्ने हिसाबले कुनै काम गर्नु हुँदैन । त्यस्तो गरेमा एमालेलाई मान्य हुँदैन ।

सरकारले निर्वाचन मिति घोषण गरेपछि संसदको आयुलाई लिएर कानुनविद्हरू दुईथरी प्रतिक्रिया दिएका छन् । यसमा एमालेको धारणा के हो ?

संविधानअनुसार हरेक पाँच वर्षमा आवधिक निर्वाचन हुनुपर्छ । अघिल्लो पटक संसदको काम आराम्भ गरेको मिति फागुन २१ हो । निर्वाचन गरेको हिसाबले मंसिर १० र २१ हो । पहिलो चरणमा भएको कुरालाई आधार मान्ने हो भने संसदको म्याद मंसिर १० मा सकिन्छ । कार्यारम्भ गरेको हिसाबले फागुन २१ मा सकिन्छ ।

स्थानीय तह निर्वाचनमा सरकारले आचारसंहितालाई अचारसंहिता बनायो । एक किसिमले भन्ने हो भने आचारसंहितको धज्जी नै उडायो । साधनस्रोतको दुरुपयोग भयो । गठबन्धनको पक्षमा नांगो ढंगले दुरुपयोग भयो । यसबाट निष्पक्ष निर्वाचन हुनेमा गम्भीर संदेह छ ।

तर सर्वोच्च अदालतले संसद् विघटन दुई अवस्थामा मात्र हुन सक्छ भन्यो । एउटा संविधानको धारा ७६(५) अनुसार सरकारले विश्वासको मत लिन सकेन स्वतः विघटन हुन्छ । अर्को संसद् आफैंले हामी विघटन हुन्छौं भनेर पास गर्यो भने मात्र हुन्छ । नत्र भने संसद पूर्णकालका लागि रहन्छ भनेको छ । सर्वोच्चको फैसलाले अलिअलि अन्योल सिर्जना गरेको छ ।

सरकारले निष्पक्ष र भयरहित निर्वाचन गराउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

स्थानीय तह निर्वाचनमा सरकारले आचारसंहितालाई अचारसंहिता बनायो । एक किसिमले भन्ने हो भने आचारसंहितको धज्जी नै उडायो । साधनस्रोतको दुरुपयोग भयो । गठबन्धनको पक्षमा नांगो ढंगले दुरुपयोग भयो । यसबाट निष्पक्ष निर्वाचन हुनेमा गम्भीर संदेह छ । अब हुने निर्वाचन प्रभावित हुने हिसाबले कुनै काम नगरोस् ।

तत्काल माओवादीसँग चुनावी तालमेल सम्भव छैन । हामी पुरानो गल्ती दोहोर्याउन चाहँदैनौं । आगामी निर्वाचनमा एमाले आफ्नै शक्तिमा अगाडि बढ्छ, चुनावमा लड्छ ।

एमालेविरुद्ध स्थानीय तहदेखि आगामी निर्वाचनसम्मै गठबन्धन बन्न देखिएको छ । अब चुनावमा एक्लै लड्छ कि चुनावी तालमेल गर्छ भन्ने आम चासो रहेको छ । निर्वाचनमा कसरी जानुहुन्छ ?

मुलतः हामी एक्लै चुनाव लड्छौं । यद्यपि हाम्रा एजेण्डामा सहमत हुनेसँग त्यसका लागि हामीले ढोका बन्द गरेका छैनौं । तर अहिलेसम्मको स्थिति हेर्दा एमाले एक्लै चुनाव लड्छ ।

२०७४ सालमा तपाईंहरूले माओवादीसँग चुनावी तालमेल गरेर कांग्रेसलाई किनारामा पुर्याउनुभयो । त्यही माओवादी स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गर्दै फेरि सँगै अघि बढ्ने तयारीमा छ । यस्तोमा तपाईंहरूमा फेरि माओवादीसँग चामत्कारिक रुपमा तालमेल गर्न सकिन्छ भन्ने लागेको छ ?

तत्काल माओवादीसँग चुनावी तालमेल सम्भव छैन । हामी पुरानो गल्ती दोहोर्याउन चाहँदैनौं । आगामी निर्वाचनमा एमाले आफ्नै शक्तिमा अगाडि बढ्छ, चुनावमा लड्छ ।