चुनाव घोषणापछि नेतृत्व लिन चाहनेलाई रविको अपिल, ‘परिवर्तनको घण्टी सँगै बजाऔं’
काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव घोषणा भएसँगै नेतृत्व लिन चाहनेलाई सँगै अघि बढ्न अपिल गरेको छ ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभाको चुनाव घोषणा गरेसँगै पार्टीले सबैलाई मिलेर परिवर्तनको घण्टी बजाउन आग्रह गरेको हो ।
‘देशभर आमूल परिवर्तनका लागि नेतृत्व लिन चाहने साथीहरूलाई सँगै अगाडी बढेर चुनावमा परिवर्तनको घण्टी सँगै बजाउनका लागि हार्दिक अनुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सरकारको यो निर्णयलाई पार्टीले स्वागत गरेको र निष्पक्ष निर्वाचनको आशा गरिएको विज्ञप्तीमा जनाइएको छ ।
त्यस्तै निर्वाचन आयोगले चुनावलाई निष्पक्ष रूपमा सम्पन्न गराउन भूमिका खेल्नेबारे विश्वस्त रहेको पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया