सहकारी बैंकले सुरु ग-यो विद्युतीय पुस्तकालय
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी क्षेत्रका विभिन्न नीतिगत व्यवस्था, शिक्षा लगायतका विषय जानकारी हुने पुस्तक तथा अभिलेखहरु समेटेर इलाइब्रेरी स्थापना गरेको छ ।
बैंकले स्थापना गरेको इलाइब्रेरीको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले बिहीबार उद्घाटन गरेका हुन् । बैंकको २० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा बैं बैंकको इलाइब्रेरीमा बैंकको समग्र अवस्था, स्थानीय तह, प्रदेश र संघीय ऐन तथा नियमावलीहरु, शिक्षामलुक सामग्री, टेक्निकल टुल्स, नमुना नीति कार्यविधिहरु, तालिमका भिडियोहरु, सहकारी सम्बन्धी लेख रचनाहरु लगायतका सामग्री हेर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
बैंकले सञ्चालन गरेको इलाइब्रेरी http://elibrary.ncbl.coop मा गएर हेर्न सकिने गुरागाईले बताए ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया