NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रचण्ड पनि बोले ताइवानमा अमेरिका र चीनबीचको तनाबबारे

काठमाडौं । ताइवान मामिलालाई लिएर अमेरिका र चीनबीच भइरहको तनाबबारे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बोलेका छन् ।

प्रचण्डले ताइवानमा घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण गरेको बताएका छन् । नेपाल एक चीन नीतिमा स्पष्ट रहेको उनले स्पष्ट पारेका छन् ।

साथै, प्रचण्डले चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति आफूहरूको विरोध रहने बताएको उनको सचिवालयले जनाएको छ । सर्सर्ती हेर्दा प्रचण्डले घुमाइरो पारामा अमेरिकी कदमको विरोध गरेको देखिन्छ ।

‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल माओवादी केन्द्र एक चीन नितिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ,’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालयले भनेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर यतिबेला अमेरिका र चीनबीच तनाब उत्पन्न भएको छ । यसलाई लिएर परराष्ट्र मन्त्रालयले पनि यसअघि नै प्रतिक्रिया दिइसकेको छ ।

ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब : बल्ल बोल्यो नेपाल