वरीयतामा राईले उछिने यादवलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को वरीयतामा अशोक राईले अध्यक्ष उपेन्द्र यादवलाई उछिनेका छन् । शुक्रबार केन्द्रीय कार्य समिति पुनर्गठन गर्दा संघीय परिषद् अध्यक्ष राईले अध्यक्ष यादवलाई उछिनेका हुन् ।
यसअघि राईको वरीयता वरिष्ठ नेताको रुपमा तेस्रो नम्बरमा रहेको थियो ।
नयाँ वरीयताअनसार राई पहिलो र यादव दोस्रोमा रहेको पार्टीका एक नेताले बताए । यसअघि डा. बाबुराम भट्टराईको वरीयता संघीय परिषद् अध्यक्षका रुपमा एक नम्बरमा थियो भने दोस्रो नम्बरमा अध्यक्ष यादवको थियो ।
डा. बाबुराम भट्टराई पार्टी छाडेर गइसकेपछि सो ठाउँमा राईलाई ल्याइएको छ ।
यसअघि वरिष्ठ नेता रहेका राजेन्द्र श्रेष्ठलाई कार्यकारिणी समितिमा राखिएको छ । वरिष्ठ नेताको पदमा भने अहिले कसैलाई राखिएको छैन ।
असार २९ गते बसेको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले भट्टराईलाई पार्टीको संघीय परिषद्को अध्यक्षबाट हटाएर राईलाई मनोनयन गरिएको थियो ।
प्रतिक्रिया