५.३ रेक्टरस्केलको भूकम्प : केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी
काठमाडौं । नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो ।
भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया