दक्षिण कोरियामा एकै दिन थपिए १ लाख १० हजार कोरोना संक्रमित

सोल । दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् ।
दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा थोरै घटेको छ । अघिल्लो दिन एक लाख १२ हजार ९०१ जना नयाँ सङ्क्रमित भएका थिए ।
एक हप्ता अगाडि भने एक दिनमा ८१ हजार ९८१ जना सङ्क्रमित थपिएका थिए । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २५ हजार २३६ पुगेको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया