सत्ता गठबन्धन ६ दलीय हुँदै

काठमाडौं । अब सत्तारुढ गठबन्धन ६ दलीय हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टी नेपाल समाजवादी दर्ता गराएका डा. बाबुराम भट्टराईले पनि सहभागी हुने निर्णय गरेसँगै सत्ता गठबन्धन ६ दलीय हुने भएको हो ।
अहिलेको गठबन्धन निर्माणमा आफूहरूको निर्णायक भूमिका रहेको भन्दै केन्द्रीय समितिको पहिलो बैठकले आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको एक नेताले बताए ।
यसअघि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोचासहित पाँचदलीय सत्ता गठबन्धन थियो ।
समाजवादीले टुंग्यायो पदाधिकारी, अध्यक्षमा बाबुराम र महिन्द्रराय
प्रतिक्रिया