NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडाैं ।पछिल्लो केही दिनदेखि घट्दो क्रममा रहेको सेयर बजारमा आइतबार पुनः सुधारको संकेत देखिएको छ ।

आज नेप्से १०.२७ अंकले बढेर २१२३.८३ विन्दुमा पुगेको छ। नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । आइतबार होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको शेयरमूल्य ६.११ प्रतिशतले बढेको छ।

त्यस्नै नयाँ सारथी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ३.४३ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ३.३८ प्रतिशत र रुरु जलविद्युतको २.९४ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा आइतबार शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै यस दिन नबिल बैंकको १२ करोड ७२ लाख, फरवार्ड लघुवित्तको ९ करोड ९२ लाख र एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ।