भारतको मन्दिरमा भागदौड हुँदा तीन महिलाको मृत्यु
काठमाडौं । भारतको राजस्थानस्थित खाटूश्यामजी मन्दिरमा भागदौड हुँदा तीन महिलाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।
सोमबार बिहान मन्दिरको ढोका खोलेलगत्तै मच्चिएको भागदौडमा उनीहरूको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्विट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘राजस्थानको सिकरमा रहेको खाटूश्यामजी मन्दिर परिसरमा भएको भागदौड र त्यसबाट भएको मृत्युबाट अत्यन्त दुःखी छु। पीडित परिवारसँग मेरो समवेदना छ। यस दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
राज्यका मुख्यमन्त्री अशोक गहलोतले पनि ट्वीट गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
कसरी भयो दुर्घटना
एकादशीका अवसरमा सोमबार करिब डेढ लाख दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए । सोमबार बिहान मन्दिरको ढोका खुल्नेबित्तिकै दर्शनका लागि रातभर पर्खेर बसेका भक्तजन भित्र पस्ने प्रयास गर्दा ठेलमठेल भएको थियो । बिबिसी हिन्दीले यही अव्यवस्थापनका कारण तीन महिलाको मृत्यु भएको लेखेको छ ।
सिकर जिल्लाका प्रहरी एसपी कँुवर राष्ट्रदीपले भने भागदौड नभएको बताए । सिसिटिभी फुटेजमा पनि भागदौडको कुनै दृश्य नदेखिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया