तलबमान तत्काल लागू नहुने
काठमाडाैं । अर्थमन्त्रालयले बजेटमा घेषणा गरेकोभन्दा बढी प्रस्ताव गरेको तलबमान तत्काल लागू नहुने भएको छ । मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले अहिले तत्काल लागू नगर्ने बताएका छन् ।
कर्मचारी ट्रेड युनियनका अधिकारीसँग शर्माले पे कमिसनबाट सुझाव लिएर मात्र आवश्यक कदम चालिने बताए । गत जेठ १५ मा सार्वजनिक गरेको चालु वर्षको बजेटबाट सरकारले सबै कर्मचारीको तलव १५ प्रतिशतले बढाएको थियो ।
बढाइएको तलबमापनअनुसार शाखा अधिकृतहरुले अब साउनबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् । तर सरकारबाटै यसरी कर्मचारीभित्रै विभेदपूर्ण तरिकाले तलब मापन गरिएपनि असन्तुष्टि सुरु भएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया