ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट लड्ने घोषणा गरेका हुन् ।
‘अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाए । तर, कसैले पनि जुम्लाको आवाज सुनेन,’ उम्मेदवारी दिने घोषणा गर्दै शाहीले भने ।
अरुहरूले आफूलाई काठमाडौं, चितवन, नवलपरासी वा रुपन्देहीबाट चुनाव लड्न आग्रह गरेको भएपनि आफूले आफ्नै जन्मथलो रोजेको उनले दाबी गरे ।
‘मैले काठमाडौं, चितवन, नवलपरासी र रुपन्देहीबाट चुनाव लड्न पाउने अवसर छोडर मेरै जन्मथलो जुम्ला रोजेको हुँ,’ उनले भने ।
शाही भ्रष्टाचारविरुद्धकाे अभियन्ताहुँदै राप्रपाको राजनीतिमा आएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया