ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट लड्ने घोषणा गरेका हुन् ।
‘अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाए । तर, कसैले पनि जुम्लाको आवाज सुनेन,’ उम्मेदवारी दिने घोषणा गर्दै शाहीले भने ।
अरुहरूले आफूलाई काठमाडौं, चितवन, नवलपरासी वा रुपन्देहीबाट चुनाव लड्न आग्रह गरेको भएपनि आफूले आफ्नै जन्मथलो रोजेको उनले दाबी गरे ।
‘मैले काठमाडौं, चितवन, नवलपरासी र रुपन्देहीबाट चुनाव लड्न पाउने अवसर छोडर मेरै जन्मथलो जुम्ला रोजेको हुँ,’ उनले भने ।
शाही भ्रष्टाचारविरुद्धकाे अभियन्ताहुँदै राप्रपाको राजनीतिमा आएका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया