गठबन्धनको सिट बाँडफाँट गर्ने कार्यदलले संयोजक तोक्यो
काठमाडौं । आसन्न निर्वाचनमा सत्ता गठबन्धनको सिट बाँडफाँट गर्ने कार्यदलले संयोजक तोकेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको हो ।
पहिलो बैठकमा सबैले आ–आफ्नो धारणा राखेको र ठोस कार्ययोजनासहित साउन २६ मा अर्को बैठक बस्ने कार्यदलका एक सदस्यसमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
कार्यदलमा कांग्रेसबाट तीन तथा अन्य दलबाट दुई-दुई जना सदस्य रहेका छन् ।
बालुवाटारमा सिट बाँडफाँटबारे छलफल गर्दै गठबन्धन कार्यदलका सदस्य
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया