NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

धौलागिरी लघुवित्तको आइपिओ निष्काशन

काठमाडौं । धौलागिरी लघुवित्तले आज (मंगलबार) देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो ।

कम्पनीका अनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता आइपिओ निष्कासन गरेको हो । जसमध्ये ५५ अर्थात् १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ०.५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले साउन २९ गतेसम्म आइपिओमा आवेदन दिनसकिने कम्पनीले उल्लेख गरेको छ । यो अवधिमा सबै सेयर बिक्री नभएमा कम्पनीले भदौ ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

आइपिओमा लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा माध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।