बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी
बागलुङ । बागलुङ जिल्ला कारागारमा क्षमता दोब्बर बढी कैदी बन्दी बस्न बाध्य छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा तिनलाई बस्ने ठाउँको अभाव भएको हो । पुरुषतर्फ ५० र महिलातर्फ २० क्षमता गरी ७० जनाको क्षमता रहेको कारागारमा १७६ कैदीबन्दी बस्न बाध्य छन् ।
हाल पुरुषतर्फ एक सय ६६ र महिलातर्फ १० गरी १७६ कैदीबन्दी रहेकामा एकजना ६४ वर्ष उमेर माथिका छन् । महिला कैदी बन्दीसँग हाल तीन नाबालकसमेत कारागारमा छन् । उक्त कारागारमा हाल ८१ कैदी र ९५थुनुवा रहेका छन् । कैदीतर्फ ७७ पुरुष र तीन महिला छन् भने थुनुवातर्फ ८७ पुरुष र सात महिला छन् । कारागारमा ठाउँको अभाव हुँदा महिलाभन्दा पुरुष कैदी बन्दीलाई समस्या भएको हो । पुरुष कैदी तथा थुनुवालाई जाडो र गर्मी सबैखाले मौसममा बस्न र सुत्नका लागि समस्या पर्ने गरेको छ ।
कारागारमा ठाउँको अभाव हुँदा क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी बस्नुपर्ने बाध्यता रहेको छ । ठाउँ अभाव हुँदा कैदीलाई कोचाकोच गरेर सुत्न, बस्न र हिँडडुलमा समस्या भएको छ भने शौचालय जान पनि पालो लगाउनुपर्ने बाध्यता रहेको कारागारका प्रमुख डिलबहादुर केसीले जानकारी दिए ।
‘कैदी बन्दी क्षमताभन्दा दोब्बर बढी छन्, ठाउँ सानो छ, पुरुष कैदी बन्दीलाई सुत्न, शौचालय जान पनि निकै अप्ठारो भएको छ’ कारागार प्रमुख केसीले भने, ‘महिला कैदी बन्दीलाई अहिले समस्या छैन, २० जनाको क्षमतामा १० जना मात्रै छन तर पुरुष कैदीबन्दीलाई निकै समस्या छ ।’ हाल कारागारमा सबैभन्दा धेरै करणी, कर्तव्य ज्यान, मानव बेचबिखन, हातहतियार खरखजना, ठगी र वैदेशिक रोजगारी कसूरका कैदी तथा बन्दी रहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया