नेप्से परिसूचक उच्च अंकको गिरावट
काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अंकले घटेर दुई हजार ६२.८० अंकमा सीमित भएको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.६८ अंकले ओरालो लागेर ३९७.४३ मा कायम भएको छ । कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १८.०५, व्यापार ७०.३२, होटल तथा पर्यटन ३४.६२, विकास बैंक १२२.६९, जलविद्युत् ७८.०१, वित्त ६०.२७, निर्जीवन बीमा १२३.४४, उत्पादन ७०.३७, अन्य ५८.७२, लघुवित्त १२५.६२, जीवन बीमा १२२.५१, सामूहिक लगानी कोष ०.१४ र लगानी १.३३ अङ्कले घटेका छन् ।
आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ४६ अर्ब १६ करोड ७२ लाख ३१ हजार ५५० बराबर रहेको छ । कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड १० लाख ९७ हजार ७६६ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १३ करोड आठ लाख ७८ हजार, हिमालयन डिस्टिलरी रु १० करोड ७८ लाख ४९ हजार, नबिल बैंक रु १० करोड ४२ लाख नौ हजार नौ सय ८५ र नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ७८ लाख ९३ हजार चार सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।
नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९.९७, गुराँस लघुवित्त ६।३६, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र ३.९६, युनिलिभर नेपाल ३.९५ र गुडविल फाइनान्सका लगानीकर्ताले तीन प्रतिशतले कमाए ।
त्यस्तै गणपति लघुवित्त ७.२७, घलेम्दी हाइड्रोपावर ६.६८, पञ्चकन्या माई हाइड्रोपावर ६.४९, न्यादी हाइड्रोपावर ६.४० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.३१ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया