नेतृत्व छान्दा इमानदारी, क्षमता र परिपक्वतालाई ध्यान दिऔँ : रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले नेतृत्व छान्दा इमानदारी, क्षमता र परिपक्वतालाई ध्यान दिन आग्रह गरेका छन् ।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत नेतृत्वमा ’परिपक्वता’ भएन भने ’कच्चा’ काम हुने धारणा राखेका छन् ।
‘मैले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नै पर्छ भनेर बारम्बार भने– इमानदारी, क्षमता र परिपक्वता,’ उनले फेसबुकमा लेखेका छन्, ‘इमानदारी र क्षमताको परीक्षण हुँदै जाला, ’परिपक्वता’ भएन भने कस्ता ’कच्चा’ काम हुन्छन्, परिणाम देखिन थालेको छ । कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा–गर्दा हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ ।’
मिश्रले आसन्न संघीय निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वता भएका नेतालाई जान्न आग्रह गरेका छन् ।
‘संघीय निर्वाचन आउँदैछ । इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिऊँ । बहकिने काम नगरौँ । विचारभन्दा माथि देशलाई राखौँ,’ उनले भनेका छन् ।
संग्रौलालाई मिश्रको जवाफ : अरूको पैसामा जाँड खान्छौँ, गाली बमन गर्छौं
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया