नेतृत्व छान्दा इमानदारी, क्षमता र परिपक्वतालाई ध्यान दिऔँ : रवीन्द्र मिश्र
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले नेतृत्व छान्दा इमानदारी, क्षमता र परिपक्वतालाई ध्यान दिन आग्रह गरेका छन् ।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत नेतृत्वमा ’परिपक्वता’ भएन भने ’कच्चा’ काम हुने धारणा राखेका छन् ।
‘मैले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नै पर्छ भनेर बारम्बार भने– इमानदारी, क्षमता र परिपक्वता,’ उनले फेसबुकमा लेखेका छन्, ‘इमानदारी र क्षमताको परीक्षण हुँदै जाला, ’परिपक्वता’ भएन भने कस्ता ’कच्चा’ काम हुन्छन्, परिणाम देखिन थालेको छ । कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा–गर्दा हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ ।’
मिश्रले आसन्न संघीय निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वता भएका नेतालाई जान्न आग्रह गरेका छन् ।
‘संघीय निर्वाचन आउँदैछ । इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिऊँ । बहकिने काम नगरौँ । विचारभन्दा माथि देशलाई राखौँ,’ उनले भनेका छन् ।
संग्रौलालाई मिश्रको जवाफ : अरूको पैसामा जाँड खान्छौँ, गाली बमन गर्छौं
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया