NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रियलमी नार्जो ५०ए प्राइम सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडाैं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा आएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर ५ हजार मेगा ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश छन् ।

लन्चको बारेमा बोल्दै रियलमी नेपालका हेड, मुनिष गिरीले नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा उत्साहित भएको बताए । उनले यो नयाँ स्मार्टफोनप्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम भएको बताए । उक्त फोनमा भएको ६.६ इन्चको एफएचडि डिस्प्ले र ५० एमपि क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्ने उनको विश्वास छ ।

रियलमी नार्जो ५०ए प्राइममा यस्ता छन् विशेषताहरु :

उक्त फोन ८.१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोन हो जसको तौल १९२.५ ग्राम रहेको छ । युवा उपभोक्ताहरूलाई मनपर्ने डायनामिक ग्लोइङ डिजाइन जुन २ डि बाट बनेको नयाँ राइट/एंगल बेजेल डिजाइन हो । यसमा समावेश गरिएको ५० एमपि एएल ट्रिपल क्यामेराले एन्ट्री–लेभल स्मार्टफोनका प्रयोगकर्ताहरूलाई फ्ल्यागशिप क्यामेराको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस स्मार्टफोनमा ५० एमपि प्राइमरी क्यामेरा, सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको बिएनडब्लु लेन्स समावेश छ, यसको अगाडिको ड एमपि एचडिआर क्यामेराले विभिन्न फिल्टरहरू समर्थन गर्नुको साथै क्रिस्टल क्लियर सेल्फीहरू प्रदान गर्दछ । रियलमी नार्जो ५०ए प्राइम शक्तिशाली युएनआइएसओसी टि६१२  द्वारा संचालित छ, जुन स्मार्टफोन सेगमेन्टको उत्कृष्ट प्रोसेसर हो ।

यो एक अक्टा–कोर १२एनएम प्रोसेसर हो जसले २।ण् जिएचजेट सम्मको पावोर र कोरटेक्स ए७५ संरचना समर्थन गदर्छ, जसले स्मार्टफोनमा शक्तिशाली र स्थिर कार्यसम्पादन प्रदान गर्दछ । १६.७ सेमी (६.६”) एफएचडि डिस्प्ले रहेको रियलमी नार्जो ५०ए प्राइम ले प्रयोगकर्ताहरूका लागि बिना कुनै अवरोध इमर्सिभ दृश्य अनुभव प्रधान गर्दछ । यो स्मार्टफोनमा मेगा ५ हजार एमएच ब्याट्री जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई नन–स्टप प्रयोगको मजा लिन र स्ट्यान्डबाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्दछ । फिंगरप्रिन्ट सेन्सर भएको यस फोनले प्रयोगकर्ताको निजी जानकारी सुरक्षित राख्न मद्दत गर्दछ ।

कम्पनीका अनुसार यसको मूल्य २१ हजार ७९९ रहेको छ । यो फोन फ्ल्यास ब्लू रङमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।