निहारिकाले गरिन् आत्मदाह प्रयास
काठमाडौं । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी ‘कुमारी आमा’ निहारिका राजपुतले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी छिन् ।
उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गरेकी हुन् ।
आफ्नो दुई वर्षको छोरासहित शीतल निवास अगाडि गएकी निहारिकाले शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई बचाएर नियन्त्रणमा लिएको थियो ।
जनकपुरका एक युवकले आफूलाई बलात्कार गरेको र त्यसबाट बच्चा जन्मिएको निहारिकाको आरोप छ । अदालतले ती युवालाई सफाइ दिएपछि उनी साउन २० देखि आमरण अनशनमा छिन् । ती युवा नै बच्चाको बाबु भएको भन्दै उनले बच्चाको डिएनए जाँच गराउन माग गरिहेकी छिन् ।
सर्वोच्च पुगेकी निहारिकालाई प्रहरीले बच्चासहित नियन्त्रणमा लियाे
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया