श्रीमतीको हत्या आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई शुक्रबार पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको छ । प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ ।
गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया