बजेट छलेर वृद्धि गर्न खोजिएको तलब लागू नहुने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । बजेट घोषणामा भन्दा अतिरिक्त तलब बढाउने प्रयास असफल भएको छ । अर्थ मन्त्रालयले बजेट छलेर उपल्लो तहका कर्मचारीको तलब बजट भाषणमा भन्दा २४ प्रतिशतसम्म बढाउने प्रस्तावलाई मन्त्रिपरिषद्ले असफल बनाएको हो ।
आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेका हुन् ।
साउन २६ गतेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो । बजेटमा उल्लेख भएबमोजिम सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने भएको हो ।
यसअघि उपल्लो श्रेणीका कर्मचारीकोमात्रै तलब बढाउने निर्णय भएपछि श्रेणीविहीन कर्मचारीहरूले पनि समान रूपले तलब वृद्धि हुनुपर्ने भन्दै आन्दोलन गरेका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया