इरानी प्रतिनिधिमण्डल काबुलमा
काबुल । सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाब बढ्दै गएपछि काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल तालिबान अधिकारीहरूसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ ।
अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो ।
आइतबार राती इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिबान सेनाहरू बीच भएको सीमा विवाद भएको थियो । इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिबान लडाकू मारिएका छन् भने अर्का एकजना घाइते भएका तालिबान सीमा कमाण्डर मोहम्मद इब्राहिम हेवादलाई उद्धृत गर्दै खामा प्रेसले जानकारी दिएको छ ।
आइतबारको गोली हानाहानमा दुवै पक्षले एक अर्कालाई पहिलो गोली हानेको आरोप लगाएका छन् । इरानको इस्लामिक गणतन्त्रका सीमा गार्डहरू र तालिबान सेनाहरू बीच झडप भएको इरानी सञ्चार माध्यमले जानकारी दिएको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया