NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

टाटा मोटर्सको जुलाईको मासिक बिक्री हालसम्मकै उच्च

काठमाडाैं । टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ । विगत एक वर्षदेखि उल्लेखनीय रुपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको कम्पनीले जनाएको छ।

यस वर्षको जुलाईमा टाटा ब्राण्डका ४७ हजार ५०५ वटा गाडीहरु विक्री भयो जबकि अघिल्लो वर्षको यसै महिना ३० हजार १८४ वटा गाडीहरु विक्री भएको थियो । तुलनात्मक हिसाबले यो ५७ प्रतिशतको वृद्धि दर हो ।

नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्ध्योगको सबैभन्दा बढी बिक्री हुने ५ गाडीहरुमध्ये एक पनि हो । यस एसयुभीको अलावा पन्च र एल्ट्रोजको बजार विक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको छ ।परिणामस्वरुप टाटाका गाडीहरुको कूल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ/नयाँ रेकर्डको कायम भइरहेको छ ।

गत महिना ५ हजार ४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको थियो । कम्पनीकाअनुसार यो मासिक बिक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो ।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भए पश्चात यी तिनै वटा गाडीहरुको बिक्री परिमाणमा ठूलो अभिवृद्धि भएको छ । गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ । यसरी यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ ।

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्म मा आधारित दोश्रो मोडल हो । गत महिना ११,००७ वटा पन्च बिक्री भएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल बिक्री संख्या ४ हजार २२ रहेको छ । यो संख्या कम्पनीको आजसम्मकै विद्धुतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो । आफ्नो विद्धुतीय गाडीहरुको बढ्दो लोकप्रियताबाट उत्साहित हुदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको हो ।