सिरियामा आइएसका एक कमाण्डर मारिए
दमासकस । सिरियाली सुरक्षा निकायले गरेको एक कारबाहीमा यहाँको आतङ्कवादी समूह आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन् । सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दारामा गरेको कारबाहीका क्रममा ती कमाण्डर मारिएको बताइएको छ ।
यहाँका सञ्चारमाध्यमहरूले केही दिनअघि मात्र पनि आइएसका एक वरिष्ठ कमाण्डर मारिएको समाचार दिएका थिए र सोमबारको कारबाहीमा यी अर्का कमाण्डर मारिएका छन् ।
सिरियाली सेनाले मारिएका ती कमाण्डर महमद अहमद अल–हलाक रहेको जनाएको छ । मारिएका ती कमाण्डर दक्षिणी सिरियाका एक खतरनाक कमाण्डर रहेका पनि समाचारमा जनाइएको छ ।
दक्षिणी सिरियाको दारा क्षेत्रको यारमाउकमा आइएसको एक तालिम केन्द्र रहेको छ र सो तालिम केन्द्रको प्रमुखका रुपमा यी कमाण्डरले काम गरिरहेका थिए ।
यहाँको सेनाले केही दिन यतादेखि सिरियाको दारा क्षेत्रमा आइएसका विरुद्धमा व्यापक मात्रामा कारबाही अघि बढाएको जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया