NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रविको दलले प्रदेशसभा निर्वाचनमा भाग नलिने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ । प्रदेश संरचना खर्चिलो भएको तर त्यसको तुलनामा कामयावी नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भाग नलिने निर्णय गरेको हो ।

सो पार्टीका सभापति लामिछानेले नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको जनाएका छन् । प्रतिनिधिसभाको भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फ स्वतन्त्र दलले प्रतिस्पर्धा गर्नेछ ।

‘नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकबाट प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरिएको छ,’ लामिछानेले भिडियो सन्देशमा लेखेका छन् ।

उनले नागरिकको आवाजअनुसार समाधानको उपाय खोज्ने पनि उल्लेख गरेका छन् । तर उपाय भने सुझाएका छैनन् ।

लामिछानेका अनुसार, प्रदेशसभा निर्वाचनमा भाग नलिने जानकारी निर्वाचन आयोगलाई गराइसकिएको छ ।

सञ्चारकर्मबाट चर्चित लामिछानेले केही महिनाअघि मात्रै नयाँ यात्रा थालनी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । आफ्नो दलको पक्षमा माहोल बनाउन अहिले लामिछाने देश दौडाहमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष