फ्रान्सका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग फोन वार्ता गरेका छन्। यस क्रममा प्रधानमन्त्री मोदीले फ्रान्सको जंगलमा लागेको भीषण आगलागी र खडेरीको अवस्थासँग जुध्न सहयोग गर्ने आश्वासन दिएका थिए ।
‘आज मैले मेरा मित्र र राष्ट्रपति इमानुएल म्याक्रोनसँग कुरा गरें। फ्रान्सको जंगलमा लागेको भीषण आगो निभाउनका लागि भारतको सहयोगको आश्वासन दिएँ। भारत–फ्रान्स रणनीतिक साझेदारीअन्तर्गत चलिरहेको द्विपक्षीय सहयोग तथा विश्वव्यापी र क्षेत्रीय महत्वका अन्य मुद्दाहरूमा छलफल गर्यौं,’ मोदीले ट्विट गरेका छन् ।
मोदीले फ्रान्सका राष्ट्रपतिसँग खाद्य र ऊर्जा सुरक्षाजस्ता विश्वव्यापी चुनौतीसँग जुध्न सहयोग गर्ने सहमति भएको पनि बताएका छन् ।
समाचार एजेन्सी पीटीआईले पीएमओद्वारा जारी एक विज्ञप्तिलाई उद्धृत गर्दै दुई नेताहरूले महत्त्वपूर्ण भूराजनीतिक चुनौतीहरू र नागरिक आणविक ऊर्जा सहयोगबारे छलफल गरेको उल्लेख गरेको छ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया