जम्मुमा एकै परिवारका ६ जनाको शव फेला

काठमाडौं । जम्मुमा एकै परिवारका ६ जनाको शव शंकास्पद अवस्थामा फेला परेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार दुई जनाको एउटा र चार जनाको शव अर्को घरमा भेटिएको छ ।
प्रहरीले सबै शव सिद्धरा क्षेत्रबाट बरामद गरेको छ । शव अहिले सरकारी मेडिकल कलेजमा लगिएको छ।
मृत्यु हुनेमा सकिना बेगम, उनका दुई छोरी नसिमा अख्तर, रुबिना बानो, छोरा जफर सलीम र अन्य दुई नातेदार नूर–उल–हबिब र सज्जाद अहमद छन् ।
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया