सालकको खपटासहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया