टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्दै इजरायल
जेरुसेलम । इजरायलले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने बताएको छ ।
भूमध्यसागरीय मुलुकहरूबीच वर्षौंदेखि जारी तनावपूर्ण सम्बन्धपछि इजरायलका प्रधानमन्त्री याइर लापिडको कार्यालयले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने बताएको हो ।
“दुई देशबीचको सम्बन्धलाई पूर्ण कूटनीतिक सम्बन्धको स्तरमा पु¥याउने र दुई देशका राजदूत तथा महावाणिज्यदूतलाई फिर्ता गर्ने निर्णय भएको छ,” प्रधानमन्त्री लापिडद्वारा हस्ताक्षरित बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सन् २००८ मा गाजामा इजरायली सैन्य कारबाहीपछि चिसिएको सम्बन्ध सुधारका लागि महिनौँदेखिको द्विपक्षीय प्रयासपछि यो घोषणा गरिएको हो ।
सन् २०१० मा गाजामा सहायता लिएर नाकाबन्दी तोड्ने प्रयास गरिरहेको टर्कीको माभी मारमारा जहाजमा इजरायली आक्रमणमा १० जना सर्वसाधारणको मृत्यु भएपछि सम्बन्ध चिसिएको थियो ।
मेलमिलापका लागि सन् २०१६ मा भएको सम्झौता अन्तर्गत दुवै देशले आफ्ना राजदूतहरूलाई पुनः पठाउन सहमति गरिएको थियो । तर, सन् २०१८÷०१९ मा २०० भन्दा बढी गाजावासीहरूलाई इजरायली सेनाले सीमा प्रदर्शनको क्रममा गोली हानी हत्या गरेपछि सम्झौता विफल बनेको थियो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया