NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

५० रुपैयाँको बिरयानीको लागि ग्राहकको हत्या

काठमाडौं । उत्तर प्रदेशको जलौनमा ५० रुपैयाँ बिरयानीको विवादमा पसल सञ्चालकले ग्राहकलाई छुरा प्रहार गरी हत्या गरेका छन् । उक्त समयमा व्यवसायी र ग्राहक दुवैले मादक पदार्थ सेवन गरेका थिए ।

प्रहरीका अनुसार पीडितले बिरयानी खाएर पसलसञ्चालकलाई पैसा दिईसकेका थिए । तर उक्त पसल सञ्चालकले बिरयानीको फेरि पैसा मागेको कारण विवाद सिर्जना भएको थियो । घटनापछि अभियुक्त फरार भएको प्रहरीले जनाएको छ ।