अफगानिस्तानमा भएको घातक हमलाको निन्दा
काठमाडाैं । अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय सहयोग नियोग (युनामा) ले बिहीबार राजधानी काबुलको मस्जिदमा भएको घातक हमलाको निन्दा गरेको छ ।
‘हामी काबुलको मस्जिदमा हिजो भएको आक्रमणको निन्दा गर्दछौं, हालैका हप्ताहरूमा दुई सय ५० भन्दा बढी व्यक्तिको ज्यान जाने र घाइते भएका बम विष्फोट शृङ्खलाको पछिल्लो घटना हो ।
गत वर्षको तुलनामा मासिक रूपमा हुने नागरिकको मृत्युको सबैभन्दा ठूलो संख्या भएको युनामाले छोटो वक्तव्यमा जानकारी दिएको छ ।
बुधबार साँझ नमाजको समयमा यस मस्जिदमा भएको ठूलो विस्फोट परी २१ जनाको मृत्यु भएको छ । मस्जिदका धर्मगुरु इमाम अमिर मुहम्मद काबुलीसहित ३३ जना घाइते भएका छन् ।
काबुलमा भएको आक्रमणको पछाडी कसको हात थियो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । यद्यपी हाल विष्फोट स्थललाई बन्द गरिएको छ ।
देशको बिग्रिएको सुरक्षा अवस्थाको बीचमा सबै प्रकारका आतङ्कवादलाई रोक्न संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा ठोस कदम चाल्न तालिबान अधिकारीहरूलाई आह्वान गरेको छ ।
कमजोर समुदायलाई थप सहयोग उपलब्ध गराउनुपर्छ र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने युनामले भनेको छ । ‘हामी मारिएका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं र त को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं युनामाले थप जानकारी दिएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया