सोमालियाको होटलमा चरमपन्थीको आक्रमण, ९ जना मारिए
काठमाडौं । पूर्वी अफ्रिकी देश सोमालियाको अतिवादी समूह अल–शबाबले राजधानी मोगादिसुको एउटा होटल कब्जा गरेको छ ।
प्रहरीका अनुसार आक्रमणकारीले होटलमा प्रवेश गर्नुअघि भवन बाहिर दुईवटा ठूला विस्फोट गराउँदै गोली प्रहार गरेका थिए । आक्रमणमा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अल–शबाबले आफ्नो बयानमा होटल कम्प्लेक्स आफ्नो कब्जामा लिएको दाबी गरेको छ।
मोगादिसुको एम्बुलेन्स सेवाका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई आक्रमणमा नौ जना घाइते भएको र उनीहरूलाई होटलबाट बाहिर निकालिएको बताएका छन् ।
अप्रमाणित भिडियो र फोटोहरू सामाजिक सञ्जालमा बढ्दो रूपमा शेयर भइरहेका छन्, जसमा होटलबाट धुवाँ र ठूलो विस्फोटको आवाज सुन्न सकिन्छ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया