NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १४ गते

अधिकार प्रत्यायोजन र समन्वयका तरिकाबारे सहसचिव पाण्डेको समाधान

काठमाडाैं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक अकर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुती परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक र प्रकाशकबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा नेपाल सरकारका सहसचिव डा टोकराज पाण्डेले अधिकार प्रत्यायोजन र समन्वयका तरिकाबारे सामाधान पहिल्याउनुभएको छ ।

१) अधिकार प्रत्यायोजन बारे चर्चा गर्दै यसका महत्व, तरीका र सीमाहरू उल्लेख गर्नुहोस् ? (१+३+३+३)

सहज कार्यवातावरणको लागि अधिकार प्रत्यायोजन

– माथिल्लो तह वा पदाधिकारीमा निहित अधिकार र जिम्मेवारीलाई कानुन बमोजिम मातहतका निकाय वा पदाधिकारीहरूमा हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ । अधिकार प्रत्यायोजनलाई प्रशासनिक विकेन्द्रीकरणको व्यवहारिक आयामको रूपमा समेत लिने गरिन्छ । यो पदसोपान पद्धतिमा आधारित हुन्छ जहाँ अधिकारको प्रत्यायोजन भएतापनि उक्त्त काम प्रतिको उत्तरदायित्व भने प्रत्यायोजकमा नै रहन्छ । अधिकार प्रत्यायोजनलाई कर्मचारीतन्त्रको उर्जाशक्ति वा उत्प्रेरणाको रूपमा लिने गरिन्छ । अधिकार प्रत्यायोजन हुन अधिकार प्रत्यायोजन गर्ने व्यक्ति निकाय र पदाधिकारीहरूबीच पारस्परिक विश्वास, समन्वय र सहकार्य हुनु जरूरी हुन्छ ।यो संघीयताको पूर्व सर्त पनि हो ।

अधिकार प्रत्यायोजनको महत्व

– संगठनको कार्यवातावरणमा सहजता ल्याउन

– प्रशासनिक कृयाकलापलाई विकेन्द्रित गर्न एवं विकेन्द्रीकरणलाई व्यवहारीक तुल्याउन

– उच्च र अधिनस्त कर्मचारीहरूबीच सहकार्य र समन्वय बढाउन

– कार्यवातावरणलाई Office friendly बनाउन

– कार्यसम्पादनमा effectiveness र efficiency बढाउन

– कार्यालयको कार्यबोझ कम गर्न र कर्मचारीहरूलाई काम प्रति जिम्मेवार तुल्याउन

– सेवाप्रवाहलाई सरलीकरण गरी कार्यसम्पादनलाई छिटो छरितो बनाउन

– समग्रमा सहभागितामूलक व्यवस्थापन पद्धतिलाई व्यवहारिक बनाउन

अधिकार प्रत्यायोजनका तरीका वा स्वरूप

– तल्लो तहमा र उपल्लो तहमा ( Top –Down approach)

– समान तहमा हुने ( Horizontal Approach)

– पूर्ण वा आंशिक (Holistic or Partial Approach)

– शर्त वा शर्तरहित ( Conditional  or Unconditional Approach)

– औपचारिक(लिखित) वा अनौपचारिक(अलिखित)( Formal or Informal)

– प्रत्यक्ष वा अप्रत्यक्ष (Direct or Indirect)

शक्ति पृथकीकरणका आयाम र कर्मचारी उत्प्रेरणाबारे सहसचिव डा. टोकराज पाण्डेको जवाफ

अधिकार प्रत्यायोजनको सीमाहरू वा प्रत्यायोजन गर्न नमिल्ने अधिकारहरू

– आफैले निर्णय गर्नुपर्ने भनी कानूनमा स्पष्ट किटान गरिएका विषयसम्बन्धी अधिकारहरू

– कानूनमा प्रत्योजन गर्न मिल्दैन भनी स्पष्ट किटान गरिएका विषयसम्बन्धी अधिकारहरू

– पुनरावेदन सुन्ने तथा दण्ड एवं पुरष्कृत गर्ने विषयहरू

– नीति तथा योजना निर्माणका विषयहरू

– बजेट निर्माण र कार्यान्वयन सम्बन्धी अधिकारहरू

– आफू मातहतका कर्मचारीहरूको सुपरीवेक्षण अनुगमन र मूल्याकंन गर्ने सम्बन्धी अधिकारका विषयहरू

यसरी

अधिकार प्रत्यायोजन प्रशासनिक विकेन्द्रीकरणको एउटा महत्वपूर्ण आयाम हो । अधिकार प्रत्यायोजन व्यवस्थापकीय प्रकृया भएकोले यसले हरेक संगठनमा कार्यवोभभः कम गर्न र मातहतका कर्मचारीलाई जिम्मेवार बनाउन भूमिका खेल्छ । तथापी सबै अधिकारहरू प्रत्यायोजन गर्न नमिल्ने र अधिकार प्रत्यायोजनसँगै उत्तरदायित्व व्यक्तिमा नै रहने हुँदा अधिकार प्रत्यायोजन गर्दा प्रचलित कानूनी व्यवस्थाको परिपालना गर्नु अहिलेको खाँचो हो ।

अर्थिक नीति र व्यवस्थापन परीक्षणबारे सहसचिव टोकराज पाण्डेको जवाफ

२) समन्वयका तरिका के हुन् ? सार्वजनिक प्रशासनमा यसको महत्व उल्लेख गर्दै समन्वयका लागि नेपालमा भएका व्यवस्थाहरू बारे चर्चा गर्नुहोस् ? (४+३+३)

Coordination is the crux of management

– संगठनको निर्दिष्ट लक्ष्य हासिल गर्न संगठनका व्यक्ति भौतिक स्रोत साधन एवं समग्र क्रियाकलापहरूबीच सामञ्जस्यता कायम गर्ने कार्यलाई नै समन्वय भनिन्छ ।संगठनका विभिन्न अंग र तिनका कृयाकलापहरूबीच अन्तरसम्बन्ध कायम गरी सांगठनिक लक्ष्य प्राप्तिको दिशातर्फ उन्मुख गर्ने कार्य समन्वय हो । प्रशासनमा विभिन्न निकाय इकाइ र सरचना हुने भएकाले समन्वयको विशेष महत्व रहन्छ । सार्वजनिक प्रशासन वृहत सांगठनिक संरचना भएकोले यसको सफलता र असफलता नै समन्वयमा निर्भर रहने गर्छ ।

समन्वयका तरीकाहरू

क) औपचारिक समन्वय

– नीतिगत स्पष्टता र उद्देश्य निश्चित गरिन्छ

– औपचारिक रूपमा नै नीति तथा कार्यक्रम तय गरिन्छ

– कार्ययोजना र सांगठनिक ढाँचाको व्यवस्थापन हुन्छ

– आयोग कार्यदल गठन बैठक भेला आदि गरिन्छ

– काम कर्तव्य र जिम्मेवारीको स्पष्ट किटान हुन्छ

– नेतृत्वको चयन हुन्छ

– व्यवस्थापन सञ्चार प्रणाली हुन्छ

ख) अनौपचारिक समन्वय

– अनौपचारिक समूहको प्रर्वद्धन हुन्छ

– स्व समन्वय वा आत्म समन्वय हुने गर्छ

– कर्मचारी तालिम र प्रशिक्षणको व्यवस्था हुने गर्छ

– समूहकार्यमा जोड दिइन्छ

– नेतृत्व र सहायक बीच अन्तरकृया हुने गर्छ

– गुनासो सुनुवाई र व्यवस्थापन हुने गर्छ

लोक सेवाका दुई प्रश्न, सहसचिव पाण्डेकाे समाधान

सार्वजनिक प्रशासनमा समन्वयको महत्व

-सार्वजनिक प्रशासनको प्रभावकारीता वृद्धि गर्न

– कामको गुणस्तर परिणाम र लागतबीच सामन्ञ्जस्यता कायम गर्न

– भौतिक मानवीय लगायतका स्रोत र साधनको optimum utilization गर्न

– सेवा प्रभावलाई सरलीकृत र नियमित तुल्याउन

– काममा हुने overlapping र gapping कम गर्न

– प्रशासनिक कृयाकलापमा आदेश नियन्त्रण र संचार प्रकृयालाई व्यवस्थित तुल्याउन

– अन्तर निकाय समबन्धलाई प्रगाढ तुल्याउन

– सुरपरिवेक्षण नियन्त्रण र निर्देशनको कार्यमा सहजता ल्याउन

– संगठनको कार्यसम्पादन स्तरमा Synergetic effect ल्याउन

– समस्याको समयमै पहिचान गरी समाधान गर्न

– संगठनमा द्धन्द एवं विवादको अवस्था सृजना हुन नदिन र नियन्त्रण गर्न

– समग्रमा संगठनका कार्यमा सुधार गर्दै संगठनको ख्याति वृद्धि गर्न ।

नेपालको सार्वजनिक प्रशासनमा समन्वयका लागि भएका व्यवस्थाहरू

– नेपालको सार्वजनिक प्रशासन पदसोपानिक पद्धतिमा आधारित रहेको छ

– कार्यजिम्मेवारी र कार्यविभाजन स्पष्ट रूपमा हुने गर्छ

– माथिल्लो निकाय वा पदाधिकारीबाट मातहतकालाई अधिकार प्रत्यायोजन गर्न सक्ने स्पष्ट व्यवस्था रहेको छ

– सेवा प्रवाहलाई सरलीकरण गर्न प्रत्येक कार्यालयमा नागरिक बडापत्रलाई अनिवार्य बनाइएको छ

– आधुनिक सूचना प्रविधिको प्रयोगमा जोड दिइएको छ

– प्रत्येक कार्यालयमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था रहेको छ

– कार्यालयले प्रत्येक चार महिनामा सार्वजनिक सुनवाई गर्नुपर्ने व्यवस्था रहेको छ

– सम्रगमा सार्वजनिक प्रशासनलाई अन्तरनिकाय समन्वय र बाह्य समन्वयमा प्रभावकारी बनाउन जोड दिइएको छ ।

अन्त्यमा

संगठन आफैमा विभिन्न पक्षहरूबीचको अन्तरसम्बन्धात्मक जटिल संरचना तथा सञ्जाल हो ।यस्तो संरचना र सञ्जालमा रहेर साझा र संगठनात्मक लक्ष्य हासिल गर्न सबैबीच उचित तादाम्यता कायम गर्नु अति जरूरी हुन्छ । तसर्थ व्यवस्थापनको समग्र क्रियाकलापलाई प्रतिफलमुखी एकीकृत र समृद्ध बनाउन संगठनमा सम्बन्धित सबैको सहकार्य र समन्वय आजको आवश्यकता हो ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

https://www.nepalwatch.com/category/lok-sewa

ताजा अपडेट

नेपालवाच विशेष