NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

श्रीलंकामा करिब ५० हजार डेंगु संक्रमित

काठमाडाैं । श्रीलंकामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेंगुका बिरामी फेला परेको राष्ट्रिय डेंगु नियन्त्रण एकाइ ९एनडीसीयू० ले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेंगुको उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कूल संक्रमितमध्ये ५० प्रतिशत भेटिएका छन् ।

कोलम्बो नगर परिषद् (सीएमसी) का प्रमुख मेडिकल अफिसर रुवान विजेमुनिले कोलम्बोमा १२ हजार ७५४, गाम्पाहामा सात हजार ४९६ र कालुतारामा चार हजार ७३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

डेंगु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने रसायन र कीटनाशक औषधि खरिदका लागि सिएमसीसँग रकम अभाव हुँदा वार्षिक लामखुट्टे नियन्त्रण कार्यक्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको विजेमुनिले बताए । विजेमुनीका अनुसार डेंगुका बिरामी सामान्यतया जून र अगस्ट तथा नोभेम्बरदेखि जनवरीको बीचमा बढ्ने गरेका छन् ।

इन्धन अभावका कारण पनि लामखुट्टे उन्मूलन अभियान प्रभावित भएको उनले बताए ।