आर्थर गनको ‘टुबोर्ग होमकमिङ टुर’ सुरु

काठमाडाैं । आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको क्लब प्लाटिनममा भरपुर दर्शकहरुमाझ सुरुवात गरेका छन् ।
उक्त कार्यक्रम ‘उनले के पीर प-यो तिमीलाई ?’ गीतबाट सुरु गरेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरुले आर्थरका नेपाली र अंग्रजी गीतहरुको मजा लिए र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ‘ह्याब् यु एभर सिन द रेन’ जस्ता हिटहरुको पनि आनन्द उठाए ।
क्लब प्लाटिनममा आफ्नो टुरको उद्घाटनमा दर्शकहरुको अपार माया र समर्थन पाएपछि आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोड जस्ता नेपालभरि विभिन्न सहरहरुमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम छ ।
सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल १८औं सिजनु को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्राय दर्शकहरुले उनलाई उनको अमेरिकन आईडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए । उनको प्रस्तुतीलाई सबै ३ निर्णायकहरुद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटि पेरीले उनलाई ‘हि ईज द बेस्ट’ भनि प्रशंसा पनि गरेकी थिइन् ।
उनी उक्त शोको १८औं सिजनको उपविजेता रहे । उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरु र कलाकारहरुले समस्त कार्यक्रम भरि प्रशंसा गरे ।
टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको छ र टुबोर्गले नेपालमा आफ्नो सुरुवात देखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागी समर्थन गर्दै आएको छ । त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरुलाई गौरवान्वित बनाएका छन् ।’
प्रतिक्रिया