७ गते नेपाल बन्द !
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले यही भदौ ७ गते नेपाल बन्द गर्ने भएका छन् ।
विप्लवको नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजित बुढाथोकी सुशील नेतृत्वको नेकपा (माओवादी समाजवादी) सहितका चार दलले विभिन्न चार माग राखेर नेपाल बन्दको घोषणा गरेका हुन् ।
उनीहरूले विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएका सम्झौता कायान्वयन, एमसिसी खारेजसहित राष्ट्रिय स्वाधिनताको रक्षा, म्रल्यबृद्धि नियन्त्रण र विगतमा भएका असमान सन्धि–सम्झौता खारेजलगायत माग राखेका छन् ।
चार कम्युनिस्ट पार्टीका चार नेताले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बन्द सफल बनाउन सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।
हेरौं विज्ञप्ति :



प्रतिक्रिया