NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

झापामा घटेन हात्तीको आक्रमण हालसम्म ५३ जनाको मृत्यु

झापा । झापाको पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जंगली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जंगली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जंगली हात्ती रोक्न सकिएको छैन ।

हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/ ७९ मा मात्र छ जनाको हात्तीको आक्रमणबाट मृत्युभएको छ । अर्जुनधारामा एउटा र बुद्धशान्तिमा दुई हात्ती मृत भेटिएको पाठकले बताए । आठ व्यक्ति हात्तीको आक्रमणबाट घाइते भएका छन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को ९दोस्रो संशोधन २०७४० का अनुसार कुनै व्यक्तिलाई सामुदायिक वन, डिभिजन वनका कर्मचारीबाहेक अन्य सर्वसाधारण व्यक्तिलाई जंगलको क्षेत्रभन्दा बाहिर हात्तीले आक्रमण गरी मारेमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । घाइतेको हकमा सम्पूर्ण खर्च सरकारले बेहेर्ने व्यवस्था रहेको छ ।

घर भत्काएको, बालीनाली क्षति र भण्डारण अन्नमा क्षति पु¥याएमा १० हजार देखि ३० हजार रुपैयाँसम्मको क्षतिपूर्ति पाउने व्यवस्था ऐनले गरेको छ तर सो क्षतिपूर्ति पाउनका लागि घटना भएको ३५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने व्यवस्था रहेको छ । यसै आव २०७८/७९ मा मात्रै छ जना मृतकका परिवारसहित चारसय ८५ जनालाई एक करोड १० लाख ७२ हजार एकसय ९३ क्षतिपूर्ति दिइएको पाठक बताउँछन् ।

याे आर्थिक वर्षमा ३७७ निवेदन परेका र ती निवेदन कार्यान्वयनको प्रक्रियामा रहेको उनले बताए । हात्तीपीडित मेचिनगर–१ बाहुनडाँगीका केशव न्यौपानेले क्षतिपूर्तिका लागि कानुनी व्यवस्था अलिक झन्झटिलो र ढिलो भएको गुनासो गरे । जंगली हात्तीकै कारण झापाका मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, बिर्तामोड ,भद्रपुर, कचनकवल, कमल र हल्दिबारीमा बर्सेनि लगाएको बाली भित्र्याउन पाउँदैनन् ।

धानको सिजनमा धान, मकैको सिजनमा मकै, गहुँलगायत बाली थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाउने गरेको हल्दिवारी–३ का यामलाल अधिकारीले बताए । सरकारले भारतबाट आउने जंगली हात्तीको नियन्त्रणका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि समस्या दिनप्रतिदिन उस्तै रहेको छ ।

एक वर्षमा हात्ती आक्रमणमा झापामा पाँचको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

ताजा अपडेट

नेपालवाच विशेष