NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

बाबुरामको केन्द्रीय कार्यालय माओवादीको नजिकै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी (नेसपा)ले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।

अध्यक्ष भट्टराईले कार्यालय परिसरमा खिचेको तस्बिर सामाजिक सञ्जालमा राख्दै यसको जानकारी दिएका छन् ।

भट्टराईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर नयाँ दल नेसपा खोलेका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र)सित चुनावपछि पार्टी एकता गर्ने सहमति गरिसकेका छन् । नेसपाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीकै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेछ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पनि भट्टराईकै पूर्वपार्टी हो ।

भट्टराईले पार्टी कार्यालयसमेत माओवादी केन्द्रकै पार्टी कार्यालय पेरिसडाँडानजिकै स्थापना गरेका छन् ।

भट्टराईको नयाँ कार्यालयबाट माओवादीको कार्यालय करिब ४–५ सय मिटरको दूरीमा मात्र छ । त्यहाँ माओवादीले खोलेको अर्को सम्पर्क कार्यालय पनि छ । जो नेसपाको कार्यालयभन्दा झनै नजिक छ ।