जंगली हात्ती बस्तीमा प्रवेश, स्थानीय त्रसित
सिन्धुली । कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । रातको समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो ।
कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जंगली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताए । ती हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेको जनाइएको छ । सो क्षेत्रमा हरेक वर्षको हिउँद महिनामा जंगली हात्ती देखापर्ने गरेका छन् । तर यस वर्ष चाँडै नै हात्ती गाउँमा प्रवेश गरेको उनको भनाइ छ ।
यसअघि पनि जंगलीहात्ती मानव बस्तीमा प्रवेश गरी घर भत्काउने, अन्नपात खाने, नष्ट गर्ने गरेको जनाउँदै हात्ती देखिए प्रहरीलाई खबर गर्न र संयमित रही सुरक्षित भएर बस्न नगरउपप्रमुख देवकोटाले आग्रह गरेका छन् । राति जंगली हात्ती निस्किएको र भर्खरै थाहा भएकाले क्षेत्रमा बुझ्न प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मानवीय क्षति नभएको र अन्य क्षतिको अवस्था भने प्रहरी पुगेपछि मात्र भन्न सकिने कार्यालयले जनाएको छ । दिउँसोमा हात्ती नदेखिने र रातको समयमा हात्ती देखिँदा स्थानीयमा त्रास रहँदै आएको छ । हात्तीका कारण मानव बस्ती असुरक्षित भएको जनाउँदै समस्याको समाधान गर्न स्थानीयले वषौंदेखि माग गर्दै आएका छन् ।
विगत केही वर्षयता जंगली हात्ती मानव बस्तीमा प्रवेश गरी भौतिक संरचना तथा अन्नपात गरी २२ लाख ७२ हजार तीन सय ९५ रुपैयाँ क्षति गरेको छ । पशु, बाली, अन्न, घरगोठलगायतमा हात्तीले क्षति गरेको छ ।(रासस)
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया