टाटा मोटर्सको ‘दशैँमा द-सही’ अफर
काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यस २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैँमा द-सही अफर’ ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी-ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिने पनि कम्पनीको भनाइ छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्स..जस्ता सुविधाहरु पनि रहेका छन् ।
सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालले भने, ‘हरेक वर्षझैँ यसपालीको आउदो दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफरसम्बन्धि सकारात्मक प्रतिक्रिया आएका छन् र विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको छ ।’
कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज ‘टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल’ हेर्न हेर्न सकिने वा ९८०११०७६०० मा मिसकल गर्न सक्नेछन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया