यस्ता छन् अंग्रेजी सिक्ने सजिलो तरिका

काठमाडौं । अंग्रेजी सिक्न तथा बोल्न सबैलाई मन हुन्छ । कतिपय व्यक्ति इच्छा हुँदा हुँदै पनि अंग्रेजी बोल्न सक्दैनन् । अहिलेको समयमा अंग्रेजी भाषा जान्नै पर्ने स्थिती छ । अंग्रेजी भाषा बोल्न नसक्दा तथा नजान्दा हामीले धेरै अवसरसमेत गुमाउने गछौं ।
अंग्रेजी भाषालाई आफ्नो भाषा बनाउन चाहनुहुन्छ भने गल्ती गर्न नडराउनुहोस्। तपाईंको लक्ष्य सही व्याकरण र शब्दावलीको साथ सन्देश पठाउनु हो, सतप्रतिशत अंग्रेजी बोल्नु होइन। नेपाली शब्द अंग्रेजीमा सोच्नुहोस्। सुरुमा तपाईंलाई गाह्रो लाग्न सक्छ, तर केही समयपछि तपाईंले अंग्रेजी सहज बोल्न सक्नुहुन्छ ।
त्यस्तै, अंग्रेजी चलचित्र हेरेर अंग्रेजी सिक्ने गर्नुस एक अध्ययन अनुसार अंग्रेजी चलचित्र हेर्नाले सुन्ने क्षमतामा सुधार हुनुका साथै बोल्ने क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । अंग्रेजी चलचित्र हेर्दा सही उच्चारण गर्न सक्ने क्षमताको विकास हुनुका साथै शब्दको ज्ञान हुन्छ । त्यस्तै राम्रो अंग्रेजी बनाउन ठूलो स्वरमा पढने बानी बसाल्नुहोस । यसले उच्चारण शुद्ध बनाउँछ । आफुले पढेको शब्द रेकर्ड गरेर सुन्ने गर्नुस यसले तपाइ आफैलाई मुल्यांकन गर्न सक्नुहुन्छ ।
ताजा अपडेट
-
नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा
-
पतञ्जलि जग्गा प्रकरण: पुर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश
-
संसदीय समितिको निष्कर्ष-‘सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक’
-
बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
-
यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय
प्रतिक्रिया