सिरियामा रकेट आक्रमण : तीन अमेरिकी सैनिक घाइते
एजेन्सी । रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले विज्ञप्ति मार्फत जनाएको छ।
मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ ।
संदिग्ध इरान समर्थित लडाकुहरूले बुधबार साँझ उत्तरपूर्वी सिरियाको कोनोको र ग्रीन गाउँमा अमेरिकी सेनाहरू बस्ने दुईवटा अमेरिकी बेसमा रकेटहरू प्रहार गरेका थिए।
अमेरिकी सेनाले भने सो आक्रमणको हेलिकप्टर प्रयोग गर्दै जवाफ दिएको छ र प्रक्षेपणमा प्रयोग गरिने तीनवटा गाडी र उपकरणहरू नष्ट गरेको बताएको छ ।
आक्रमण बारे अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया