विद्यार्थी सुरक्षा चेकिङ : ४१८ जना चालक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा आज ४१८ जना चालक कारबाहीमा परेका छन् ।
जसअन्तर्गत ट्राफिक नियम उल्लघन गर्ने ४४ विद्यार्थी चालक, अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी सवारी साधन चलाउने १८ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ जना, तिब्र गतिमा सवारी चलाउने १ जना र अन्य कसुरमा ६ जना विद्यार्थी चालक कारबाहीमा परेकाे हुन् ।
प्रहरीका अनुसार सोही चेकिङको क्रममा ट्राफिक नियम उल्लघन गर्ने अन्य सवारी साधनका ३७४ चालक पनि कारबाहीमा परेका छन् । जसमा बिहानै मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक भेटिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया