विद्यार्थी सुरक्षा चेकिङ : ४१८ जना चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा आज ४१८ जना चालक कारबाहीमा परेका छन् ।
जसअन्तर्गत ट्राफिक नियम उल्लघन गर्ने ४४ विद्यार्थी चालक, अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी सवारी साधन चलाउने १८ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ जना, तिब्र गतिमा सवारी चलाउने १ जना र अन्य कसुरमा ६ जना विद्यार्थी चालक कारबाहीमा परेकाे हुन् ।
प्रहरीका अनुसार सोही चेकिङको क्रममा ट्राफिक नियम उल्लघन गर्ने अन्य सवारी साधनका ३७४ चालक पनि कारबाहीमा परेका छन् । जसमा बिहानै मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक भेटिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया