बालेनको कदमबारे छलफल गर्न उद्योग वाणिज्य संघले बोलायो बैठक
काठमाडौं । मेयर बालेन शाहको निर्देशनमा काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौं उद्योग वाणिज्य संघले बैठक बोलाएको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन् ।
पार्किङका लागि भनेर बनाइएका संरचनामा व्यापार गर्न पाउने–नपाउने व्यवस्था स्पष्ट कानुनमा नभएको पाइएकाले बालेनको कदमबारे छलफल गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले बताए ।
बालेनको कदमले साना व्यवसायीको बिचल्ली भएको निष्कर्ष निकाल्दै त्यसबारे पनि छलफल गरिने श्रेष्ठकाे भनाइ छ ।
मेयर बालेन विगत तीन दिनदेखि अनधिकृत संरचना भत्काउन जुटिरहेका छन् । ३५ दिनको समयसीमा दिँदा पनि अटेरी गरेकाले भत्काउन परेको उनको भनाइ छ ।
पार्किङका लागि बनाइएको बेसमेन्टमा व्यवसाय संचालन गर्न दिने अल्फाबिटाका संचालकलाई बालेनले थर्काएपछि …
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया