अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने : नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ !
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबदेखि सबैले आफैँ बुझेर अवैधानिकरुपमा बनाइएका संरचना आफैँ हटाउन आग्रह गरेका छन् ।
आज दिउँसो बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाएको अवैध संरचनामा डोडर चलाएपछि उनले यस्तो आग्रह गरेका हुन् ।

‘अब उपरान्त डोजर चलाउन नपरोस् सबैले आफैँ बुझेर अवैधानिकरुपमा बनाइएका संरचना हटाइदिनु होला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
अल्फाबिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटीले आफूसँग नक्सा मागेको विषयलाई पनि मेयर शाहले व्यङ्ग्य शैलीमा लेखेका छन् ।
‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराएँ !’, उनले भनेका छन् ।
अल्फाबिटाका सञ्चालकले चुनौती दिएपछि मेयर शाह नक्सा नै लिएर पुगेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया